गायक पवन गिरीले लोक परिवेशमा आधारित गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन् । नेपाल आइडलमा रकस्टारका रुपमा चिनिएका गायक गिरीले यसअघिका गीत भन्दा फरक स्वादको गीत ल्याएका छन् । सबैले सुन्न सक्ने सरल शब्द र टिप्न सक्ने धुन समावेश यो गीत कोरनाका कारण निराश मनहरुमा मुस्कान ल्याउने खालको छ । गीतका शब्द रमेश दहालले लेखेका हुन् भने संगीत टिका दहालको रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

गीतअनुसार निकै रमाइलो तरिकाबाट म्युजिक भिडियो बनाइएको छ जसमा जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । धेरै जना टिमको सहयोगमा तयार भएको भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी र अर्जुन तिवारीले छायांकन गरेका हुन् । जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन् । हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा काकु भनेर चिनिने कलाकार दिपक आचार्यको निर्देशनमा भिडियो तयार भएको हो । हेर्नुस भिडियो

भिडियोलाई वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको छ । लामो समयको प्रतीक्षापछि बजारमा आएको यो भिडियो स्रोता दर्शकलाई मन पर्नेकुरामा टिम आशावादी छ । साथै दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा समेत गरिएको छ । रामजी बस्नेत प्रति विशेष आभार प्रकट गरिएको भिडियोलाई वाइड लेन्स प्रोडक्सनका सीईओ प्रज्वल गजुरेल र विनोद भारतीको लगानीमा तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!