प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थानबारे दिएको बयानको सजाय भारतमा रहेका नेपालीले भोग्नु परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीले रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री ओलीको भाषणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यति मात्र होइन, उनीहरुले ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएको र प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी पनि लगाएको समाचारमा उल्लेख छ ।

हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेको बताइएको छ । जब भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलहरुविरुद्ध एफआईआर दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको समाचारमा उल्लेख छ । ती नेपाली युवकको परिचय भने भारतीय सञ्चारमाध्यममा खुलाइएको छैन ।
भाइरल भिडियोमा गंगाको घाट नजिक यो घटना भएको देखिन्छ जहाँ नेपाली युवकलाई संगठन र हिन्दूस्तान जिन्दावादको नारा लगाउन दबाब दिइरहेको देख्न सकिने समाचारमा बताइएको छ । ‘उनीहरुले ती युवकलाई जय श्रीरामको नारा र केपी ओली मुर्दाबादको नारा पनि लगाउन लगाउँछन् । त्यसपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले साहरा दिएको कुरा उल्लेख गर्छन् । उनले राम नेपालको नभएर भारतको भएको पनि बताउँछन् । र, अन्त्यमा जय श्रीराम र भारत माताको जयको नारा लगाउँछन्,’ समाचारमा बताइएको छ ।

 

हिन्दूवादी संगठनले बिहीबार नै वाराणसी चोक क्षेत्रस्थित नेपाली मन्दिर बाहिर चेतावनीसहितको पोस्टर लगाएका थिए । जसमा प्रधानमन्त्री ओलीले भगवान रामबारे दिएको बयान फिर्ता लिन माग गरेका थिए । उनीहरुले त्यसो नगरे भारतमा रहेका नेपालीले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

सो क्षेत्रका भारतीय प्रहरीका एसपी सिटी विकास चन्द्र त्रिपाठीका अनुसार अरुण पाठक नाम गरेका एक व्यक्तिले उक्त फोटो मुन्डन गरेर फेसबुकमा पोष्ट गरेका हुन् । यस विषयमा भेलूपुर थानामा एफआईआर दर्ता भएको र दोषीलाई पक्राउ गर्न खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्रोतः आज तक, अमर उजाला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!