अमेरिकाको व्योमिङ राज्यका ६ वर्षका बालक ब्रिजर वाकरलाई विश्व बक्सिङ काउन्सिलले अनररी ‘वर्ल्ड च्यम्पियन’ को उपाधि प्रदान गरेको छ । वाकरले कुकुरको हमलाबाट आफ्नी बहिनीलाई बचाउन ज्यानको बानी लगाइदिए । यो हमलामा वाकरको अनुहारमा ९० टाँका लगाइएको छ । उक्त घटना पछि नै ती बालक सोसल मिडियामा छाएका छन् ।
वर्ल्ड बक्सिङ काउन्सिलले ट्वीट गर्दै वाकरको बहादुरीलाई सलाम गरेको छ । डब्ल्यूबीसीले आफ्नो बयानमा भनेको छ, ‘ मानवताको श्रेष्ठ मूल्यलाई देखाउने ६ वर्षका ब्रिजर वाकरलाई अनररी वर्ल्ड च्याम्पियन घोषणा गर्नु हाम्रो लागि गौरवको कुरा हो । ब्रिजर तिमी हिरो हौ ।’
We are honored to name 6-year-old, Bridger Walker, WBC Honorary Champion, for his brave actions that represent the best values of humanity. Bridger, you're a hero 👏🔰 pic.twitter.com/L2FqL0K4vw
— World Boxing Council (@WBCBoxing) July 15, 2020
बहिनीलाई बचाउन ज्यानको बाजीः
घटना जुलाई ९ तारिखको हो । त्यसदिन जर्मन शेफर्ड जातको एउटा कुकुरले वाकरकी ४ वर्षकी बहिनीमाथि हमला गरिदियो । तर वाकर आफ्नो ज्यानको पर्वाह नगरी कुकुरसँग भिडे । यतिबेला उनको अनुहार र बंगारामा गम्भीर चोट लाग्यो । दुई घण्टा लामो शल्यक्रियामा वाकरको अनुहारमा ९० टाँका लगाइयो ।