रुसी गुप्तचरहरुले कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेका संस्थाहरुलाई तारो बनाएको खबर छ । सुरक्षा सम्बन्धी केन्द्रहरुले ती संस्थाहरुलाई सचेत हुन भनेका छन् ।

बीबीसीका अनुसार बेलायत, अमेरिका र क्यानडाका कोरोना खोप विकास गरिरहेका संस्थाहरु रुसी गुप्तचरको तारोमा परेका हुन् । रुसको गुप्तचर सेवाकाहरुले ह्याक गर्न खोजेको उल्लेख छ । तर, भ्याक्सिनको अध्ययनमा कुनै नोक्शान नपुगेको भनिएको छ । सुचनाहरु चोरी भए नभएको भने खुलाइएको छैन ।

तर, रुसले आफ्नो संलग्नता अस्वीकार गरिसकेको छ । समाचार संस्था तासलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार डिमिट्री पेस्कोभले रुसको यसमा केही गर्नु नभएको बताएका छन् ।

रुसले कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको र अबको दुई महिनाभित्र उत्पादन शुरु गर्ने जनाइरहँदा यस्तो खबर आएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!