बिहिबार, साउन ०१, २०७७ || 524  पटक पढिएको

भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६०६ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २४ हजार ९१५ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३१ हजार १४६ रहेको छ भने ६ लाख १२ हजार ८१५ जना संक्रमणमुक्त भइसकेका छन् । भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ७५ हजार ६४० पुगेको छ । तीमध्ये १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख ५१ हजार ८२० संक्रमित हुँदा २ हजार १६७ जनाको मृत्यु भएको छ । केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १६ हजार ९९३ जना संक्रमित भएका छन् भने ३ हजार ४८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!