कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधीश शाही १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बलात्कार गर्दै आएको भनी प्रहरीमा परेको उजुरीको आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

उनका अनुसार वडा अध्यक्ष शाहीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यक्षराजज जोसीले बलात्कार आरोपित वडा अध्यक्षलाई मंगलबार राति ९ बजेतिर बजारबाटै पक्राउ गरिएको बताए । जोसीका अनुसार वडा अध्यक्षसँग सोधपुछ गर्दा आफूले बलात्कार नगरेको प्रतिक्रिया दिएका छन् ।

सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले उ आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुनै अनैतिक सम्बन्ध नरहेको र आफूलाई फसाउन खोजिएको भनेको प्रहरीको भनाइ छ । यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!