बुधबार, आषाढ ३१, २०७७ || 656  पटक पढिएको

मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए । तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!