बलिउडकी दिग्गज अभिनेत्री रेखाले बीएमसीका अधिकारीलाई आफ्नो बंगलाभित्र प्रवेश नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । केही दिन अघि रेखाका सुरक्षाकर्मीलगायत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई थप उपचारका लागि बीएमसीले कोभिड–१९ बिरामीका लागि प्रदान गर्दै आएको स्थानमा सारिएको छ । रेखाको सी स्प्रिङ्ग्स नामको बंगलालाई कन्टेन्टमेन्ट जोन भनेर सम्बन्धित अधिकारीले सील गरेका छन् ।

पिंकभिल्लाको एक रिपोर्ट अनुसार बीएमसीका अधिकारी रेखाको बंगला पुग्दा रेखाकी म्यानेजर फरहानाले कुरा गरेकी छिन् । त्यसपछि उनले आफ्नो नम्बर दिँदै केही प्रक्रिया गर्नुअघि आफूलाई जानकारी दिन भनिन् । पछि जब फरहानालाई फोन गरियो तब उनले रेखाको स्वास्थ्य स्थिती निकै ठिक भएको र उनी कसैसँगको सम्पर्कमा नआएकोले कोभिड–१९ को परीक्षण गर्न रेखा इच्छुक नभएको जानकारी दिइन् ।

यतिमात्रै होइन, बीएमसीले रेखाको घर स्यानिटाइज गर्नका लागि आफ्नो समूह पठाउँदा पनि उनीहरुलाई बंगलाभित्र प्रवेश गर्न नदिएको बताइएको छ । यसअघि हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार रेखा बीएमसी अधिकारीमार्फत् आफ्नो कोरोना परीक्षण गर्न चाहन्नन् । उनले आफ्नै तरिकाले परीक्षण गर्ने र रिपोर्ट सम्बन्धित निकायमा पेश गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!