भनिन्छ नारी र पुरुष एक रथका दुई पाग्रा हुन् । तर पनि यि दुई विपरितलिगींबिच एकअर्काप्रति आर्कषण त हुन्छ नै । अझ त्यसमा युवतीहरु कस्ता पुरुषहरु प्रति आकृािष्त हुन्छन् भन्ने कुराले विशेष महत्व राख्ने गर्छ ।अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको इन्स्टिच्युट फर पोजेटिभ साइक्लोजी एन्ड एजुकेसनद्वारा गरिएको अनुसन्धान अनुसार, सहानुभूतिशील युवकहरूप्रति युवतीहरू बढी आर्कािष्त हुने देखाउको छ ।
युवतीहरुले आँफुहरु जस्तै कामल स्वभाव भएको, आफ्नो क्ययर गर्ने, गाह्रो पर्दा सहानुभूतिपूर्ण प्रकट गर्ने युवकहरुप्रति छिटो आर्कषित हुन्छन् । जर्नल अफ पर्सनालिटीमा प्रकाशित यो अध्ययन यो औसत १५।७ वर्ष उमेर भएका १० कक्षाका १ हजार ९ सय ७० विद्यार्थीमा गरिएको थियो ।यसमा सहानुभूतिपूर्वक व्यवहार गर्ने युवकहरूप्रति १।८ प्रतिशत बढी युवती आकर्षित भए । अध्ययन परिणामले देखाए अनुसार, युवतीले ती युवकहरूप्रति झुकाव रहेको बताए जो सहानुभूति देखाउने खालका थिए ।