वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरुप निर्माणमा बालकुमारी थापाको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आज विज्ञप्ति जारी गरी थापा नेपाली कम्युनिष्ट आन्दोलनका अभिभावक रहेको जनाउँदै नेकपाको वर्तमान स्वरुप निर्माणमा उहाँले पु¥याउनुभएको योगदानको चिरकालसम्म स्मरण रहिरहने बताउनुभएको छ । “उहाँको निधनले मकवानपुरे कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ । उहाँको सङ्घर्ष, त्याग र समर्पण आगामी पुस्ताका लागि प्रेरणादायी छ । पार्टीकाा थुप्रै क्रियाकलाप तथा जनवर्गीय सङ्गठनको निर्माणमा उहाँको ठूलो योगदान रहेको छ । यस दुःखद् क्षणमा आदरणीय थापाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ । थापाले आफ्नो घरलाई २०३५ सालदेखि प्रजातन्त्रको स्थापनासम्म पार्टीको गतिविधि सञ्चालन गर्ने सुरक्षित सेल्टरका रुपमा प्रयोग गर्नुभएको थियो । तत्कालीन समयमा नेकपा मालेका केन्द्रीय नेताहरु उहाँको घरमा सेल्टर लिनुहुन्थ्यो । भूमिगत समयमा उहाँका घरमा भएको पार्टीको बैठकबाट आन्दोलनको रणनीति बन्थे, महत्वपूर्ण निर्णय हुन्थ्यो । अनेमसङ्घको स्थापना उहाँकै घरमा भएको जनाइएको छ । थापाको सोमबार निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!