मोरङको रंगेली नगरपालिका वडा नं.८ दर्वेशाका कृषकहरुको एक समुहले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । अविरल वर्षा संगै चिसाङ खोलामा आएको बाढीले करिव सयौ विगाह जमिनमा लगाएको धानबाली नष्ट हुनुका साथै खेतीमा बालुवाले ढाक्दा समेत वडाअध्यक्षले निरिक्षण र नदि नियन्त्रणका लागी पहल नगरेको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन् ।

स्थानिय हेमकाजी बस्नेतले वडा कार्यालयलाई ज्ञापन पत्र बुझाउदा समेत कृषकको समस्यालाई ध्यान नदिएपछी तालाबन्दी गर्नुपरेको बताए । करिव २० जनाको संख्यामा रहेका कृषक समुहले वडा कार्यालय खुले लगतै वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । उनिहरुले वडा कार्यालयको मुख्य गेट सहित भित्र कार्यालय कक्षमा समेत ताला लगाएर कालो झण्डा गाढेका छन् । यता वडाध्यक्ष ढक प्रसाद आर्चायले मध्यरातमा चिसाङ नदिमा आएको बाढीले कृषकहरुको बालि र खेतीमा क्षति पु¥याएका विषयमा आफुले जल उत्पन्न सहित सम्बन्धीत निकायहरुमा र नगरपालिका समेत लाई जानकारी दिएको बताए । तालाबन्दीका कारण वडाको कामकाज प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!