सुशान्त सिंह राजपूतको निधन भएको आज ठ्याक्कै एक महिना भयो । १४ जूनमा सुशान्त सिंह आफ्नो बान्द्रास्थित घरमा मृत पाइएका थिए । प्रहरीले सुशान्तले आत्महत्या गरेको बताएका थिए । सुशान्तको मृत्यु भएको महिना दिन पूरा हुँदा उनकी प्रेमिका रिया चक्रवर्तीले इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी छिन् जुन सोसल मिडियामा चर्चाको विषय बनेको छ । साथै रियाले एउटा नोट पनि लेखेकी छिन् ।

रियाले लेखेकी छिन्, ‘अहिलेसम्म आफ्नो भावनामाथि नियन्त्रण पाउनका लागि जुधिरहेकी छु । आफैंसँग लडिरहेकी छु । मेरो मुटुमा एउटा शून्यता छाएको छ । तिमी ती व्यक्ति हौ जसले मलाई प्रेममा र प्रेमको शक्तिमाथि विश्वास गर्न सिकायौ । तिमीले गणितको एउटा सानो फर्मूलाले जीवन बुझ्न कति मद्दत गर्छ भनेर सिकाएको छ । मैले तिमीबाट हरेक दिन सिकेकी छु । तिमी अब छैनौ भनेर मेरो मनले यो कुरा कहिल्यै स्विकार गर्न सक्दैनँ । मलाई थाहा छ तिमी अब आनन्दको जीवन बाँचिरहेको छौ ।’

रियाले लेखिन्, ‘चन्द्रमा, तारा, आकाशगंगाले ‘यो वैज्ञानिक’ लाई हात फैलाएर स्वागत गरिरहेका होलान् ।’ ‘अब तिमीले पनि ती चम्किलो तारामध्ये एक हौ । मेरो ‘सुटिङ स्टार’ मा तिम्रो प्रतिक्षा गर्नेछु र तिमी फिर्ता होउ भनेर माग्नेछु । म सुन्दर व्यक्ति जस्तो हुनसक्छन् तिमी ठ्याक्कै त्यस्तै थियौ । एक उत्कृष्ट व्यक्ति जसलाई संसारले देखे ।’

https://www.instagram.com/p/CCnBR95HAmO/?utm_source=ig_embed

‘मेरो शब्द तिमीप्रति मेरो प्रेम व्यक्त गर्न असमर्थ छ र मेरो विचारमा तिमीले भन्न खोजेको पनि यहि थियो जब तिमीले भनेका थियौं कि हाम्रो प्रेम हामी दुईभन्दा माथि छ । तिमीले हरेक कुरालाई खुल्ला मनले प्रेम गर्यौ र अब तिमीले मलाई देखाइदिएको छौ कि हाम्रो प्रेम साच्चै नै थुप्रै गुणा बढी छ । चैनमा बस्नु सुशी । तिमीलाई गुमाएको ३० दिन बितेको छ तर तिमीलाई जीवनभरी प्रेम गर्नेछु…. सधैं तिमीसँग जोडिएर, अनन्त र त्योभन्दा पनि पर ।’ रियाको यो नोटमा सोसल मिडियामा विभिन्न प्रकारको प्रतिक्रिया आइरहेको छ । कतिले यसलाई रियाको पिआर एक्सरसाइज बताएका छन् भे कतिले यसका लागि रियाको तारिफ पनि गरेका छन् । प्रिया टोन्कले ट्वीट गरिन्, ‘अब अनुसन्धानको डरले तपाईं यस्तो गरिरहनुभएको छ । तपाईंले कुनै प्रकारको सहानुभूति पाउनु हुन्नँ ।’ अंकितको पनि पोस्टः उता सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छिन् । यसअघि सुशान्त सिंह राजपूतको मृत्युपछि अंकिता लोखंडेले इन्स्टाग्राममा एउटा पनि पोस्ट गरेकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!