मंगलबार, आषाढ ३०, २०७७ || 1439  पटक पढिएको

म्युजिकल कमेडी शो ग्लीबाट चर्चामा आएकी अमेरिकी नायिका तथा गायिका नाया रिभेराको शव फेला परेको छ । रिपोर्टका अनुसार हिट टिभी म्युजिकल कमेडी ग्लीकी नाया रिभेराको शव ६ दिनपछि साउथ क्यालिफोर्नियाको लेक पीरु नजिकै भेटिएको हो । उनी ३३ वर्षकी थिइन् ।काउन्टी सेरिफ बिल आयुबले सोमबार सीएनएनसँगको कुराकानीमा नाया रिभोराले मृत्युवरण गर्नुअघि आफ्नो भए भरको बल छोरालाई बचाउन लगाएको बताएका छन् । उनले भने, ‘उनले आफ्नो भएभरको ऊर्जा छोरालाई डुङ्गामा राख्न खर्च गरिन् तर आफूलाई भने जोगाउन सकिनन्,’ आयुबले भने ।

रिभेरा र उनका छोराले बुधबार एउटा डुङ्गा भाडामा लिएका थिए । ती बालकले उद्धारकर्मीलाई आफू आफ्नी आमासहित पौडी खेल्न गएको तर उनी डुङ्गामा फर्किएर नआएको जानकारी दिए । बालकले पछाडि फर्केर हेर्दा आमालाई पानी मुनी हराएको देखेको अनुसन्धानकर्तालाई बताएका थिए ।उनको छोरालाई डुङ्गामा सुतिरहेको अवस्थामा भेटिएको हो । डुङ्गाभित्र एउटा लाइफ ज्याकेट थियो भने अर्को ती बालकले लगाएका थिए ।

उनको शव तैरिरहेको अवस्थामा जहाँ भेटियो त्यहाँको पानी ३५ देखि ६० फिट गहिरो छ । आयुबका अनुसार अनुसन्धानकर्ता उक्त शव रिभेराकै हो भन्नेमा निश्चित छन् तर उनको शवलाई दन्त परीक्षणमार्फत् पहिचान गर्नका लागि भेन्टुरा काउन्टी कोरोनर्सको कार्यालयमा लगिएको छ ।कार्यक्रम ग्लीको उनको सहकर्मी जेन लिन्चले ट्वीट गरिन्, ‘आराम गर प्यारी नाया । तिमी कति साहसिली थियौं ।’

रिवेराले निकै कम उमेरमा नै अभिनय गर्न सुरु गरेकी थिइन् । उनले चार वर्षको उमेमा सिबिएस च्यानलमा ब्रोडकास्ट रोयल फ्यामिली शोबाट सुरुवात गरेकी थिइन् तर सन् २००५ मा फक्स च्यानलमा आउने शो ग्लीमा समलिङ्गी टीन स्यान्टेना लोपेजको भूमिकाबाट उनले चर्चा पाइन् । यो कार्यक्रम सन् २००९ देखि २०१५ सम्म चलेको थियो । नायाले सन् २०१४ मा हरर फिल्म डेविल्स डोरमा काम गरेकी थिइन् । उनले यो फिल्मका सहकर्मी रयान डोर्सीसँग विवाह गरेकी थिइन् । सन् २०१८ मा नाया र रयानको सम्बन्धविच्छेद भयो । यी दुईका चार वर्षका छोरा जोसे छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!