बुधबार, पौष २३, २०७६ || 1108  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, २३ पुस:मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले मठमन्दिर तथा सिंचाईका लागि वडागत रकम बाँढफाँढ गरेको छ ।नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले १० वटा वडाका लागि प्रति वडा ३ लाखको दरले सिंचाई र २ लाखको दरले मठमन्दिरका लागि रकम बाँढफाँढ गरिएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । नगरसभाले एकमुष्ठ रुपमा छुट्याएको ती दुई शिर्षकको रकम बाँढफाँढ भएको हो ।बैठकले, नगर प्रहरीको कार्यविधि पारित गरेको छ । साथै राष्ट्यि सामुदायिक सेवा केन्द्रसँग कार्यक्रमिक सहकार्य गर्ने समेतका निर्णय भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!