मंगलबार, आषाढ ३०, २०७७ || 1002  पटक पढिएको

बलिउड अभिनेत्री रेखा आफ्नै घरभित्र क्वारेन्टिनमा बसेकी छिन् । उनका एक सुरक्षाकर्मी र दुई घरेलु कामदारमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । रेखाको हातमा होम क्वारेन्टिनको स्ट्याम्प पनि लगाइएको छ । रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुन् । उनको बंगलामा तीन व्यक्तिमा कोरोना संक्रमण भएको पत्ता लागेपछि बृहन्मुम्बई नगर निगम (बीएमसी) ले शनिबार यो बंगलालाई सील गरेको छ । बीएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्ने एउटा बोर्ड पनि लगाएको छ ।

शनिबार राती बलिउडका दिग्गज कलाकार अभिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोरोनाभाइरस संक्रमण देखिएको थियो । अभिषेक र अमिताभ मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् भने ऐश्वर्या र उनकी छोरी होम क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!