हिपमत डटकम
काठमाडौं,पुस-२३

नायिका परमिता राज्यलक्ष्मी राणाले राजधानीको बुढानीलकण्ठ नगरपालिका-५ बसपार्क नजिकै एक पैदल यात्रुको ज्यान जाने गरी कार दुर्घटना हुँदा आफू पनि कारमै सवार रहेको स्वीकार गरेकी छिन् । गत मंसिर २८ गते मादक पदार्थ सेवन गरेका चार जना सवार कारले ठक्कर दिँदा गोरखाकी ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थिएको थियो । प्रहरीका अनुसार दुर्घटनाको समयमा चार जना कारमा थिए । कारमा सवार ३ जनाको नाम खुलाए पनि प्रहरीले परमिताको नाम गोप्य राखेको थियो ।यद्यपि चौथो व्यक्ति भीआईपी कोही रहेको चर्चा सामाजिक सञ्जालमा चलेको थियो । घटना भएको एक महिनापछि परमिताले आफू उक्त कारमा सवार रहेको स्वीकार गरेकी छिन् । बा १४ च ६१२३ नम्बरको कारमा आफू पनि सवार रहेको परमिताले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले माफी माग्दै भनेकी छन-‘म सबैसँग माफी माग्न चाहन्छु, चार जनाले लिएको मूर्ख निर्णयले एकजना निर्दोषको ज्यान गयो ।’ ‘मैले यो एक खराब सपना होस् भनेर कामना पनि गरेँ, तर त्यो कारभित्र एक यात्रु म पनि थिएँ,’ परमिताले लेखेकी छिन्, ‘मैले ढिला भनेकोमा पनि माफी चाहन्छु तर म त्यो दुर्घटनाले दुखी थिएँ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!