शनिबार राती अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ भएपछि ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित भएको खबर आएको छ । यसले बच्चन परिवारका प्रशंसक चिन्तित भएका छन् । बलिउड सेलिब्रिटीले पनि सोसल मिडियामा परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसमा विवेक ओबरोय पनि समावेश छन् । विवेकले ट्वीटरमा आराध्या र ऐश्वर्याको कोभिड–१९ पोजेटिभ भएको खबरको एउटा लिङ्क सेयर गर्दै लेखे, ‘म परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु ।’

बिग बी–अभिषेकका लागि पनि गरे ट्वीटः

यसअघि विवेकल बिग बी र अभिषेकलाई कोरोना पोजेटिभ भएपछि ट्वीटमा लेखेका थिए, ‘म अमिताभ बच्चन सर र अभिषेक बच्चन चाँडै नै निको हुन् भनेर कामना गर्छु । हामी सबै तपाईंका लागि प्रार्थना गरिरहेका छौं । चाँडोभन्दा चाँडो निको हुनुहोस् । ध्यान राख्नुहोस् ।’

विवेकसँग भएको थियो ऐश्वर्याको ब्रेकअपः

सलमान खानसँग ब्रेकअपपछि ऐश्वर्या विवेक ओबरोयसँग सम्बन्धमा थिइन् । यी दुईले फिल्म ‘क्यों हो गया न’ मा सँगै काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!