प्रदेश दुईका सिराहाका सांसद दिलीप कुमार शाहले कान्तिपुर टेलिभिजन लगायतका केही मिडियाले क्षेत्र ४ कर्जनामा नगरपालिका वडा नं ११ हटलेटबामा सासद विकास कोषबाट भएको विकास सम्बन्धि कार्यमा अनिमितता भएको भनी प्रश्न उठाएको भन्दै प्रमाणि गर्न चुनौती दिएका छन् । सासद शाहले आज एक विज्ञप्ति जारी गरी संसदीय विकास कोषबाट भईरहेको विकास निर्माण सम्बन्धि कामको यथार्थ नबुझी मिलोमतोमा अनियमितता भएको, आफन्तलाई कोषाध्यक्ष बनाएको, कमसल काम गरेको आरोप सहित असार २५ गते कान्तिपुर टेलिभिजनको प्रदेश विशेष कार्यक्रममा एक पक्षिय रुपमा समाचार प्रसारण गरिएको भन्दै ध्यानाकर्षण गराउदै आफन्तलाई कोषाध्यक्ष बनाएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
संसदीय विकास कोष अन्तर्गत जिल्ला भौतिक पूर्वाधार सिरहामा छनौट गरी पठाएको योजनाहरु मध्ये कर्जन्हा वडा नं ११ हटलेटबामा राजमार्गदेखि राजेन्द्र यादबको घरसम्म ढलानको लागि उपभोक्ता समितिमा कोषाध्यक्ष शिक्षिका रहेको कुरा पूर्वाधार कार्यलयलले जानकारी गराउदा मैले नियम अनुसार काम अगाडी बढाउन भनेको र सोही अनुरुप नियम बमोजिम अर्को कोषाध्यक्ष बनाएर योजना संचालन भएको हो । समाचारमा प्रसारण भए अनुसार कोषाध्यक्षलाई हटाएर आफ्नो आफन्तलाई कोषाध्यक्ष बनाएको कुरा प्रमाणित गर्न आग्रह गर्दछु । हटलेटवा कामको मात्र नभई मेरो संसदीय विकास कोषबाट २० वटा योजनाहरुको काम भईरहेको छ । काममा कुनै सिकायत, कमसल काम भएको छ र स्टिमेट अनुसार भएको छ कि छैन अनुगमन गर्न सम्बन्धित कार्यलय सहित सबै पक्षसंग आग्रह गर्दछु । मेरो सबै योजनामा स्टिमेट अनुसार कुनै काखापाखा नगरी काम भइरहेको जानकारी गराउन चाहन्छु । शाहले विज्ञप्तिमा भनेका छन् । कामको गुणस्तर जाँच गर्ने जिम्मेबारी जिल्ला पूर्वाधार विकास कार्यलयको रहेको हुनाले चेकजांच नभएको अवस्थामा केहि व्यक्तिले लाभ हुने नदेखिएपछी बदनाम गराउने नियतले यस्तो गरेको हुन सक्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!