सोमबार, आषाढ २९, २०७७ || 599  पटक पढिएको

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिँदा सडक अवरुद्ध भएको छ । सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाको कारण १.५ फिट पिच सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘सडक त्रिशूली नदीतिरको भागमा भासिएको हो ।’ सडक भासिएपछि अहिले एकतर्फी बाटो सञ्चालनमा रहेको उनले जानकारी दिए । एकतर्फी सवारी सञ्चालन हुँदा सवारी जामको समस्या यथावत रहने र यात्रुलाई सास्ती बढ्ने ट्राफिक प्रमुख भट्टको भनाइ छ । उनले तत्काल भासिएको सडक मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए । फेरी निरन्तर वर्षा भए नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध हुनसक्नेतर्फ इन्सपेक्टर भट्टले सचेत गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!