सोमबार, आषाढ २९, २०७७ || 897  पटक पढिएको

बलिउड अभिनेता अनुपम खेरको परिवारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनकी आमा र परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । अनुपमले ट्विट गर्दै आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको बताए । अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भने भारतको सबैभन्दा ठूलो मनोरञ्जन उद्योग बलिउडका हस्तीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यसैबीच, बलिउड महानायक अमिताभ बच्चनसहित अभिनेत्री ऐश्वर्या राय, उनकी छोरी र अभिनेता अभिषेक बच्चन पनि संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!