भारतीय नायिका, मोडल तथा गायिका दिव्या चौकसेको आइतबार निधन भएको छ । उनी विगत साढे एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् । दिव्याकी दिदी सौम्या अमिश वर्माले फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । यसअघि दिव्याले पनि १८ घण्टा अघि आफ्नो इन्स्टाग्राममा एउटा मेसेज लेखेकी थिइन् ।

दिव्याका अन्तिम शब्दः

दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखेकी थिइन् – म जे भन्न चाहन्छु त्यसका लागि शब्द पर्याप्त छैन । हुन त शब्द अत्यधिक छन् तर पनि कम छन् । म गायब भएको थुप्रै महिना भइसक्यो र प्रश्नको बाढी आइरहेको छ । म यतिबेला यो भन्न चाहन्छु कि म आफ्नो मृत्युशैय्यामा छु । हो, स्थिती यस्तै छ र म बलियो छु । त्यो जीवनका लागि जसमा संघर्ष छैन । कृपया केही प्रश्न नगर्नुहोस् । तपाईंहरु मेरा लागि कति महत्वपूर्ण हुनुहुन्छ भने भगवानलाई मात्रै थाहा छ ।

दिव्या सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी हुन् । सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवारासहित बलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०१८ मा दिव्याले पटियाले दी क्वीन गीतसहित गायन क्षेत्रमा पनि पाइला टेकेकी थिइन् । दिव्याको निधनको खबर सुनेर उनका समकक्षी कलाकारले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!