दुई दिन देखिकाे अबिरल बर्षाका कारण माेरङकाे चिस्याङ खाेलामा अाएकाे बाडिलेे धान लगाएकाे सयौं बिधा खेति खाेलामा परिणत भएको छ । रंगेली नगरपालिका ८ नहरटाेल देखि पश्चिम मा रहेको चिस्याङ खाेला मा गए राति २ बजे देखि अाएकाे बाडिका कारण कृषक ले दुख्ख गरेर लगाएकाे धान खेति खाेला ले बगाएको हिलाे माटाे ले सयौं बिधामा लगाएकाे धान छाेपिएकाे छ । उक्त स्थान अहिले खाेलाकाे बालुवा थुप्रिएकाे देखिन्छ । कृषक हरु अहिले अाफुले लगाएकाे धान खेति हेरेर चित्त बुझाउनु पर्ने बाध्य रहेका छन । स्थानीय हेम काजि बस्नेतले भने अहिले खाेला ले किसान ले लगाएकाे धान पुरै खाेला ले पुरिँदा निकै दुख लागेकाे बताए । हामीले बडा अध्यक्ष तथा जनप्रतिनिधि हरुलाई बारम्बार सम्पर्क गरेर खेतीयोग्य जमिन र धान खेति बिग्रिएकाे जानकारी गराउदा समेत निरिक्षण काे लागि समेत जनाप्रतिनिधि हरु नअाएकाे दुखेसो पाेखे । बसन्त बहरदार ले भने अहिले जनाप्रतिनिधि हरु ले केही गर्ने नसकेपनि एक चाेटि अाएर कृषक हरु काे दुखेको धाउमा मलम पट्टि लगाउन सहयोग गर्ने थियो । बिगत वर्षा हरुमा उक्त खाेला ले कटान गरेर ३० घर समेत बिस्तापित भईसके काे र अहिले दुई चार घर हरु मात्रै खाेलाकाे किनारमा रहेको छ । बर्षाे देखि खाेलामा तटबन्ध गर्ने भनेर मन्त्री सम्म हरु अाएर अबलोकन गरे बजेट पनि परेको सुनियो तर पछि उक्त स्थानमा अाएकाे बजेट समेत अन्यत्र गएकाे स्थानीय माधव अाचार्य ले बताए । स्थानीयले खाेला ले धान खेति बगरमा परिरण गरेपछि बडा कार्यलय र नगरपालिका लाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र समेत बुझाएकाे छ ।
यसरी बर्षाे पिच्छे खाेलाकाे कटान भएमा नहरटाेल र दर्वेशाका सयौं घर हरु समेत बिस्तापित नहाेलान भन्न सकिदैन । समयमै स्थानीय सरकारले अागमि दिन मा उक्त खाेलामा तटबन्धको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!