अमेजनले आफ्ना कर्मचारीहरूलाई कम्पनीको इमेल खोल्न प्रयोग भएको कुनै पनि मोबाइलबाट भिडिओ साझा गर्ने एप टिकटक हटाउनु भनी गल्तीवश इमेल पठाइएको बताएको छ। शुक्रवार सबेरै कर्मचारीहरूलाई पठाइएको एउटा आन्तरिक निर्देशनमा “सुरक्षा खतराका कारण” उक्त एप हटाउनुपर्ने भनिएको थियो।

डेटाहरू चीनलाई साझा गर्नसक्छ भन्ने डरका कारण एउटा चिनियाँ कम्पनीको स्वामित्व रहेको उक्त एप अहिले धेरैको सूक्ष्म निगरानीमा परेको छ।

टिकटकले चाहिँ अमेजनको चिन्ता आफूले बुझ्न नसकेको बताएको छ।

अमेजनको भनाइ
अमेजनका एकजना प्रवक्ताले बीबीसीलाई भने, “शुक्रवार बिहान हाम्रा केही कर्मचारीहरूलाई भुलवश उक्त इमेल गएको हो। टिकटकलाई लिएर हाललाई हाम्रो कुनै पनि नीति परिवर्तन भएको छैन।”

तर शुक्रवार सबेरै पठाइएको र धेरै समाचार संस्थाहरूले देखेको उक्त आन्तरिक निर्देशनमा मोबाइलबाट त्यो एप हटाउनै पर्नेमा जोड दिइएको थियो।

“सुरक्षा खतराका कारण अमेजनको इमेल प्रयोग गरिने मोबाइलमा टिकटक चलाउन अब अनुमति छैन। यदि तपाईँको मोबाइलमा टिकटक छ भने अमेजनको इमेल मोबाइलमा चलाउनका लागि जुलाई १० भित्र त्यसलाई हटाउनुस्,” त्यसमा भनिएको थियो।

टिकटकले उक्त इमेल बाहिर आउनुअघि अमेजनबाट कुनैखाले सम्पर्क नभएको जनाएको छ।

भारतमा टिकटक र अन्य ५८ चिनियाँ मोबाइल एप प्रतिबन्धित
भारतमा टिकटक प्रतिबन्धित भएपछि ‘स्टार’हरूको भविष्य अन्योलमा

टिकटकको भनाइ
उसले भनेको छ, “हामीले अहिलेसम्म उनीहरूको चिन्ता बुझ्न सकेका छैनौँ, यदि उनीहरूलाई केही समस्या छ भने हामी कुराकानी गर्न तयार छौँ र उनीहरूको समूहलाई निरन्तर हाम्रो समुदायमा सहभागी हुन समर्थ तुल्याउनेछौँ।”

चीन बाहिर टिकटक बेइजिङमा आधारित बाइटडान्स कम्पनीले फैलाएको हो।

यो एप कोरोनाभाइरसका कारण विश्वभरि लागेको लकडाउनका बेला थप चर्चित भएको छ।

एउटा अनुसन्धान कम्पनीका अनुसार यस वर्षको पहिलो तीन महिनामा मात्र ३१ करोड ५० लाख मानिसहरूले उक्त एप डाउनलोड गरेका थिए।

‘अमेरिकामा प्रतिबन्ध लाग्नसक्छ’
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र एकजना अस्ट्रेलियाली सांसदले हालै उक्त एपको मुख्यालय चीनमा रहेकाले डेटा र गोपनीयताका हिसाबले त्यसलाई थप निगरानी गर्नुपर्ने बताएका थिए।

पोम्पेओले विदेश मन्त्रालयका कर्मचारीहरूलाई उक्त एप डाउनलोड गर्न प्रतिबन्ध लगाइदिएका थिए र अमेरिकामा पनि त्यसलाई प्रतिबन्ध लगाउनसक्ने बताएका थिए।

भारत र चीनबीच तनाव बढेपछि गत जुन अन्त्यमा भारतले टिकटकसहित विभिन्न ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!