शुक्रबार, आषाढ २६, २०७७ || 766  पटक पढिएको

बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय समयानुसार बिहीबार उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । ‘मलाई कोरोनाभाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस गरेको छु र आइसोलेसनमै बसेर मैले मेरो काम गर्नेछु’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । बोलिभियाका स्वास्थ्यमन्त्री, केन्द्रिय बैंकका प्रमुख र राष्ट्रपति कार्यालयका प्रशासन प्रमुखलाई पनि कोरोनाभाइरसको संक्रमण भएको यसअघि नै पहिचान गरिएको थियो । यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो पनि कोरोनाभाइरसबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । विश्वभरी अहिलेसम्म एक करोड २१ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ती मध्ये पाँच लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको जोन्स होप्कीन्स विश्वविद्यालयले छ । बोलिभियामा भने कोरोनाभाइरसबाट सक्रमितको संख्या झण्डै ४३ हजार पुगेको छ भने मृत्यु भएकाहरुको संख्या एक हजार पाँच सय भन्दा बढी पुगेको छ । –एएनआई

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!