अमेरिकाले थप चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ । अल्पसंख्यक युगुर मुसलमान समुदायमाथि मानवअधिकार हननमा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो । उसले चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओ र अरु तीन अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य समेत रहेका चेन अमेरिकाको प्रतिबन्ध भोग्ने चीनका अहिलेसम्मका उच्च अधिकारी हुन् । युगुर मुसलमानमाथि भइरहेको ज्यादतीमा चेन योजनाकार रहेको अमेरिकी आरोप छ । यसअघि चीनले युगुर मुसलमान समुदायको जनसंख्या सीमित गर्नका मुस्लिम महिलालाई बन्ध्याकरण गर्न वा गर्भनिरोधक साधन लगाउन बाध्य पारेको प्रतिबेदन हालै सार्वजनिक भएको थियो । युगुर मुस्लिमलाई शिविरमा राखिएको भन्दै चीनको अन्र्तराष्ट्रिय समुदायले आलोचना गर्दै आएका छन । चीनले भने आफूले कुनै किसिमको ज्यादती नगरेको बताउदै आएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!