शुक्रबार, आषाढ २६, २०७७ || 1130  पटक पढिएको

कोरोना अर्थात कोभिड–१९ का कारण यतिबेला संसारभरका नागरिक ठुलो समस्यासँग जुधिरहेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि विभिन्न देशले लकडाउन सुरु गरे, कतिपय देशमा अहिले पनि जारी छ । लकडाउन पुर्ण रुपमा कहिले खुल्छ ? त्यो अहिल्यै अनुमान गर्न सक्ने स्थिती छैन । तर, लकडाउन सुरु भएपछि आम नागरिकहरुले के कस्तो समस्या झेल्नु परेको छ ? भन्ने बिषय समेटेर छोटो फिल्म ‘लकडाउन’ निर्माण भएको छ । फिल्ममा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ । आर्थिक अवस्थाले झन् झन् तड्पिरहेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुभेर उनी प्रति देखाएको सद्भाव र सहयोग समेत फिल्ममा राखिएको छ । जुन बिषयले धेरैलाई भावुक बनाउने निर्माण युनिटको अपेक्षा रहेको छ । द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिविन्द खनिया, बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको अभिनय देख्न सकिन्छ । रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको फिल्ममा निमा शेर्पाको छायाँकन तथा सम्पादन रहेको छ । फिल्मको छायाँकन काठमाडौ र ललितपुरमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!