कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’का संचालक सन्दीप क्षेत्रीले माफी मागेका छन् । कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आरोप सहित क्षेत्रीविरुद्ध उजुरी परेपछि उनले माफी मागेका हुन् । बिहिबार साँझ प्रसार भएको कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत आफ्नो कार्यक्रम विशुद्ध मनोरञ्जन र सूचना दिनका लागि निर्माण गरिएको स्पष्ट पार्दै उनले माफी मागेका छन् । ‘कार्यक्रमलाई यहाँसम्म ल्याइ पुर्याउन तपाईं दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ’ सन्दीपले कार्यक्रममा भनेका छन् ‘तपाईंहरुको सल्लाह र सुझाव अनुरुप नै आफूलाई परिमार्जित गरेर लैजानको निमित्ति ‘ह्वाट द फ्लप’ तथा कान्तिपुर टेलिभिजनका कुनै पनि कार्यक्रम हरदम तयार छन् ।’ ‘मैले कार्यक्रममा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाउदा म पनि मर्माहत भएको छु’ सन्दीपले कार्यक्रममा अगाडि भनेका छन् ‘त्यो मेरो आफ्नो समुदाय हो । मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाइ सकेपछि मेरो मन दुःख्नु स्वभाविक हो । कार्यक्रममार्फत कुनै्र पनि समुदायको मन दुखाउने उदेश्य कहिलै नरहेको बताएका सन्दीपले भने ‘यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ‘ह्वाट द फ्लप’ टिम र कान्तिपुर टेलिभिजन माफी माग्न चाहान्छ ।’ केही दिन अगाडि कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको थियो । उक्त उजुरीमा कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री, कार्यक्रमका ब्यावस्थापक र प्रोडुसर विशाल घोषलाई कानूनी कारवाहीको माग गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!