बुधबार, पौष २३, २०७६ || 504  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२३

नेपाल सरकारले पहिलो पटक सुरु गरेको सगरमाथा मापनको स्थलगत काम सम्पन्न भएको छ । सम्पूर्ण तथ्याङ्क प्रशोधन गर्न भने अझै तीन महिना लाग्नसक्ने अनुमान छ ।सन् २०१९ को डिसेम्बरसम्म सगरमाथाको उचाइ नै सार्वजनिक गर्ने योजनाका साथ नापी विभागले काम सुरु गरेको थियो । गत असारसम्म फिल्डको काम सक्ने तालिका रहेकोमा पुस पहिलो हप्ता मात्र फिल्डको काम सकिएको हो ।दुई वर्षअघि बङ्गालको समुद्री सतहको बिन्दुलाई आधार मानेर सगरमाथा मापनको काम सुरु गरिएको थियो । धनुषा, सिरहा, सप्तरी, महोत्तरी, उदयपुर, सिन्धुली, भोजपुर, खोटाङ, रामेछाप, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र दोलखा जिल्लामा मापनको काम गरिएको हो ।नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले वर्षाका कारण नियमित काम गर्न नपाउँदा समयमा काम सम्पन्न गर्न नसकेको बताए । उनले भने, “मौसम प्रतिकूल हुँदा दुई पटक काम अवरुद्ध भयो । ”तथ्याङ्क सङ्कलन भएको कम्तीमा छ महिनाभित्र प्रशोधनको काम सकिने अनुमान गरिएको थियो । उनले सुरुदेखि तथ्याङ्क सङ्कलन र प्रशोधनको काम सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै चाँडै काम सक्ने बताए। ग्य्राभिटी सर्भे र ट्रिगोनोमेटिक लेभलिङ विधिबाट सगरमाथा मापन गरिएको हो । हिमाली क्षेत्रमा अनुकूल मौसममा मात्र काम गर्नुपर्छ । ट्रिगोनोमेटिक लेभलिङ विधिले सगरमाथा क्षेत्रका १२ बिन्दुबाट चुचुरोसम्म पुगी मापन गरिएको थियो ।जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगी नापी विभागको टोलीले यसको मापन गरेको थियो । चुचुरोमा एक घण्टा १६ मिनेट मेसिन राखी मापन गरिएको थियो । मापन गर्न जीएनएसएस रिसिभर र जीपीआर मेसिन लगिएको थियो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!