बिहिबार, आषाढ २५, २०७७ || 894  पटक पढिएको

तेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि बन्दाबन्दीले विद्यालय बन्द भएपछि नयाँ कक्षामा भर्ना भएर नयाँ किताब लिएपनि विद्यालयमा पुगेर पढ्न नपाएको निखिलको गुनासो छ । घर नजिकैको कालीदेवी प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत निखिलले विद्यालयमा गएर पढ्न मन लागेपनि पढ्न नपाएको बताए ।

“ भर्ना भएर नयाँ किताब त पाइयो तर विद्यालयमा गएर पढ्न पाइरहेको छैन,” उनले भने, “शिक्षकले त पढ्नु भनेर भन्नुभएको छ, हामीले कसरी पढ्ने रु कहिलेकाही नेपाली, गणित र अङ्ग्रेजीको अलिअलि पढ्ने गरेको छु ।” पढ्न लेख्न त बिर्सेको छैन तर विद्यालय गएर पढ्न मन लागेपनि जान नपाएको उनले बताए । नयाँ शैक्षिक सत्र शुरु भएर करिब तीन महिना बितिसकेको भए पनि बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि हिजो आज घाँस काट्ने र घरको काममा लागि रहेको उनले बताए ।

सोही विद्यालयका कक्षा ३ मा अध्ययनरत अर्का विद्यार्थी अमिर दोङको पनि चाहना उस्तै छ । कक्षा कोठामा रमाइलो गरेर पढ्ने मन भए पनि विद्यालय सञ्चालन नभएका कारण घरमा बस्ने र खेलेर समय बिताउने गरेको उनले बताए । घरमा नै खेल्ने, बस्ने र बेलाबेलामा आमा बुबाले अराएको काम गर्दै आएका छन् । निखिल र अमिर अध्ययन गर्ने विद्यालय बन्द मात्रै छैन, सो विद्यालयमा गाउँपालिकाले भारतलगायत तेस्रो मुलुकबाट गाउँ फर्केकाका लागि क्वारेन्टिन बनाएर राखिएको छ ।

जहाँ उनीहरुको लागि बस्ने, खाने, आराम गर्ने स्थल बनाएको छ । त्यसको लागि खाना, खाजाको ब्यवस्था गर्ने र सरसफाइ लगायतको काममा खटिने स्वयंसेविकाको बस्ने ठाउँ बनाएको छ । विद्यालयमा पढ्न नपाएको मात्रै होईन, मुख्य गेटबाट समेत प्रवेश गर्न पाइदैन । वडा नं। ३ का वडाध्यक्ष विष्णुबहादुर तामाङले अहिले विद्यालयमा भारतबाट फर्किएका एक जना बसिरहेको बताए । गाउँपालिकाले हरेक वडामा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेपछि विद्यालयलाई क्वारेन्टिन बनाएको उनको भनाइ छ ।

तेमाल गाउँपालिकाभित्र निर्माण गरेको १०५ वेडको क्वारेन्टिनमध्ये सबैजसो विद्यालयको भवन प्रयोग भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले पालिकाभित्रमा स्थापना गरेको ९ स्थानको क्वारेन्टिनमध्ये अधिकांश क्वारेन्टिन विद्यालयमा भएको बताए । जनचेतना मावि, सर्वोद्धार मावि, कालीदेवी प्रावि, तेमाल मावि, पोखरी नारायणस्थान मावि, पुरानो स्वास्थ्य चौकी भवन, राधाकृष्ण मावि, नर्सरीडाँडा र तित्रेटारको विद्यालयमा नौ÷नौ वेडको क्वारेन्टिन रहेको छ । बाँकी ६ वेडको स्वास्थ्य चौकी भवनमा रहेको छ ।

वडा नं ६ सिंगटीछाप पर्सेलका कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सार्कीमान तामाङले भने पालिका शिक्षा शाखाले प्रधानाध्यापकको बैठक राखेर वडा शिक्षा समितिले आ–आफ्नो सापेक्षतामा शिक्षासम्बन्धी गर्न सकिने गतिविधिहरु गर्न निर्देशन दिने काम भएको बताए । तर कतिपय मावि विद्यालयका शिक्षक पालिका बाहिरका भएको कारण टोलटोलमा शिक्षण गतिविधिहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको शिक्षकको भनाइ छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख केदार ढकालले भने विद्यालयका शिक्षक सक्रिय नै भइरहेको बताए । “हामीले गत शुक्रबार मात्रै प्रधानाध्यापकको बैठक राखेर विद्यालय र विद्यार्थीको बारेमा जानकारी लिने काम गरेका छौँ”,उनले भने, “विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर टोल÷टोलमा जम्मा गर्ने र गृहकार्य दिने काम गर्न निर्देशन दिएका छौँ ।” भिड जम्मा नहुने गरी विद्यार्थीलाई निगरानीमा राख्ने र पढाउने अभ्यास गर्न सबै विद्यालयका प्रधानाध्यापकलाई समय÷समयमा विद्यालय खोल्न आग्रह गरेको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!