बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध परेको फौजदारी मुद्दा बिहार अदालतले खारेज गरिदिएको छ। असार पहिलो साता एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेका थिए। हिन्दुस्तान टाइम्सका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान खान, करन जोहर, एकता कपुर, सञ्जयलीला भन्सालीका साथै आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशका विरूद्ध मुद्दा हालेका थिए। यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रममा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सुशान्तको मृत्युको तेस्रो दिनै दायर गरिएको यो मुद्दामा साक्षीका रूपमा अभिनेत्री कंगना रनावतको नाम उल्लेख गरिएको थियो। तर यो मुद्दा अदालतले खारेज गरिदिएको छ। ३४ वर्षीय सुशान्तले गत जुन १४ मा आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। उनलाई लामो समयदेखि डिप्रेसन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सुशान्तलाई ‘धेरै कुराको दबाब रहेको’ भन्दै उनको निधनबारे अहिले पनि अनुसन्धान चलिरहेको छ। यससम्बन्धमा प्रहरीले निर्देशक सञ्जयलीला भन्सालीदेखि सुशान्तकी प्रेमिका मानिएकी अभिनेत्री रिया चक्रवर्तीसँग पनि सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!