हलिउड अभिनेत्री नाया रिभेरा अमेरिकाको क्यालिफोर्नियास्थित एक तालमा बेप त्ता भएकी छिन् । ३३ वर्षीया रिभेरा दक्षिणी क्यालिफोर्नियाको एक तालमा गएकी थिइन् । उनका छोरा एक्लै भेटिएका छन् र रिभेरा बेप त्ता छिन् । उनको खोजी कार्य भइरहेको छ ।

सम्भवतः रिभेरा भाडामा लिइएको करिब ३ घण्टापछि डुंगा लिएर तालमा डु बेको हुन सक्ने आशंका

सीएनएनका अनुसार भेन्टुरा काउन्टीको लेक पिरुबाट बुधबार बेलुकीदेखि रिभेरा हराइरहेकी छिन् । उनी सम्भवतः डु बेको हुन सक्ने आशंका गरिएको छ । बुधबार दिउँसो रिभेरा भाडामा लिइएको डुंगा लिएर तालमा गएकी थिइन् । उनीहरु तालमा गएको करिब ३ घण्टापछि अर्का डुंगा चालकले तालको बीचमा डुंगा देखेका थिए ।

डुंगामा रिभेराका छोरा निदाइरहेका थिए र रिभेरा थिइनन् । अधिकारीहरुले हवाइ र गोताखोरको माध्यमबाट खोजी गरिरहेको बताइएको छ । उनका नाबालक छोराबाट धेरै जानकारी पाउन कठिन भएको अधिकारीले बताएका छन् ।

अधिकारीहरुका अनुसार बालकले भेटिँदा लाइफ ज्याकेट लगाइरहेका थिए तर सम्भवतः आमाको लाइफ ज्याकेट डुंगामै भेटिए

बालकका अनुसार उनीहरु पौडी खेल्न गएका थिए तर पनि उनकी आमा डुंगामा फर्किइनन् । अधिकारीहरुका अनुसार बालकले भेटिँदा लाइफ ज्याकेट लगाइरहेका थिए तर सम्भवतः आमाको लाइफ ज्याकेट डुंगामै भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!