बिहिबार, आषाढ २५, २०७७ || 710  पटक पढिएको

कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको छ ।” बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उनले बताए । सीमास्तम्भ मर्मतको कार्य हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो । सीमास्तम्भ मर्मतकार्यका लागि जोर भारतले विजोर नेपालले मर्मत गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!