जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव भारतीय मिडियालाई दिएको एउटा अन्तरवार्ताका कारण सामाजिक सञ्जालमा आलोचित बनेका छन् । तर, आफूले बोलेका कुराहरु तोडमोड गरेर भारतीय मिडियाले बदमासी गरेको यादवको गुनासो छ । भारतीय च्यानल टीभी ९ सँगको अन्तरवार्तामा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले ‘प्रधानमन्त्री ओली हनी ट्र्यापिङमा फसेको कुरा अस्वीकार गर्न नसक्ने’ बताएको भन्दै एउटा फुटेज प्रचार गरिएको छ । यो फुटेजलाई नेपालीहरुले पनि सामाजिक सञ्जालमा सेयर गर्दै यादवको आलोचना सुरु गरेका छन् । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीका विषयमा भारतीय मिडियाले आपत्तिजनक रिपोर्ट बनाएको सन्दर्भमा नेपालका पूर्वउपप्रधानमन्त्री यादवसँग टीभी ९ का अभि उपाध्यायले प्रश्न सोधेका थिए । अन्तरवार्तामा यादवलाई सोधिएको छ, ‘कयौं स्रोतबाट यो कुरा आइरहेका छन् । नेपालको कम्युनिष्ट पार्टीभित्र पनि कुरा उठिरहेको छ कि किन चीनका राजदूतको हस्तक्षेपलाई ओलीले बढावा दिइरहेका छन् भनेर । त्यसैले म यो सवाल तपाईंसँग गर्दैछु कि के यो हनी ट्रापको मामला हुन सक्छ ?’ भिडियोमा यादवले जवाफ दिन्छन्, ‘यो कुरालाई इन्कार गर्न सकिँदैन । यसलाई गहिरोसँग हेर्नुपर्ने आवश्यकता छ । मानिसहरुले सवाल उठाइरहेका छन् । यसमा पनि केही तर्क छ ।’ प्रस्तोताले फेरि सोध्छन्, ‘के यो विषयमा अनुसन्धान हुनुपर्छ भन्ने तपाईंको आशय हो ?’ यादवले भन्छन्, ‘निश्चितरुपमा यसलाई जरोसम्म पुगेर हेर्नुपर्ने हुन्छ ।’यादव भन्छन्- ‘तिनीहरुको बदमासी हेर्नोस् त ! आफूले बोलेको कुरालाई तोडमोड गरेर भारतीय मिडियाले गलत प्रचार गरेको र बेइमानी गरेको यादवले  बताए । कथित ‘हनी ट्यापिङ’ का बारेमा सोधिएको प्रश्नमा आफूले यस्तो विषयमा अनुसन्धान गरेर, बुझेर मात्रै धारणा बनाउन आफूले भारतीय मिडियालाई सुझाव दिएको तर, हनी ट्यापिङबारे छानविन गरिनुपर्छ नभनेको यादवले स्पष्ट पारे । ‘मैले अगाडि बोलेको पनि काटिएको छ, वाक्य पूरा नै नभई वीचको राखेर प्रसारण गरिएको रहेछ’ यादवले भने, अध्ययन गर्नुपर्छ र अध्ययन गरेर मात्रै यस्तो कुराहरु बोल्नुपर्छ भन्ने चाहिँ काटेको छ, अध्ययन गर्नुपर्छ भन्नेसम्म चाहिँ राखेको छ ।’ यादवले अगाडि थपे, ‘तिनीहरुले कस्तो बदमासी गरेको हेर्नोस् त । वाक्य पनि अपूर्ण छ नि त्यहाँ । अगाडि र पछाडिको काटेर वीचको मात्रै राख्दाखेरि त अर्थको अनर्थ हुन्छ नि । यस्तो पनि अनैतिकता गर्ने ?’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!