हिपमत डटकमकाठमाडौं,पुस-२३
निजगढकी कुशुम चौलागाईँले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुप-यो । तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीय उनले मृत्युपछि विजय हासिल मात्र गरिनन् सकुशल आमा पनि बनिन् ।साढे चार महिनाअघि गर्भवती चौलागाईँलाई अत्यधिक टाउको दुखेको कारण अर्धचेत अवस्थामा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय९त्रिवि० शिक्षण अस्पताल पु-याइयो, तर उनको दुई घण्टाभन्दा बढी समयसम्म कुनै उपचार भएन । उनका श्रीमान यद्ध खड्काले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पु-याए ।त्यहाँ पु-याएको दुई घण्टामा रोग पत्ता लगाएर शल्यक्रिया गरेकै कारण आज आमा र बच्चा दुवैले नयाँ जीवन पाएका छन् । चौलागाईँलाई १२ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!