कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट्स अ फ्लप शो कार्यक्रम बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको छ । साथै उक्त कार्य प्रस्तोता सन्दीप क्षेत्र, कार्यक्रमको व्यवस्थापक र प्रड्युसर विशाल घोषलाई कानुनी कारवाहीको माग गरेको गरिएको छ ।
डा.शरद सिंह यादवले आज प्रेस काउन्सिलमा निवेदन दर्ता गराई कारवाहीको माग गरेका हुन् । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट्स अ फ्लप शो कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्रीले विगत लामो समयदेखि मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको उजुरीमा उल्लेख छ ।
सो प्रस्तुती युट्युवबाट समाजिक सञ्जालमा भाइरल भइरहेकोले यसखालको प्रस्तुतिले मधेशी समुदाय अपहेलित महसुस गरिरहेकाले कार्यक्रम प्रस्तोतासहित व्यवस्थापक र प्रड्युसरलाई कानुन अनुसार कारवाहीको प्रकृया अगाडि बढाउन निवेदनमा आग्रह गरिएको छ ।
पछिल्लो कार्यक्रममा सन्दीप क्षेत्रीले अंगिकृत नागकिरताको विषयमा मधेशी महिलाको बारेमा व्यंग्य गरेका छन् । सो कार्यक्रममा सन्दीप क्षेत्र मिठाईलाल जादवको भूमिकामा हुन्छन् । उनले आफ्नो अनुहारमा कालो पोतेर मधेशीको भेषभुषामा हुन्छन् । कान्तिपुरको त्यो कार्यक्रम निकै चर्चित छ ।
यसअघि कृषि टीभीमा यस्तै मधेशीको अपमान हुने कार्यक्रम सञ्चालन गर्दा मधेशबाट विरोध भएपछि त्यो कार्यक्रम बन्द भएको छ र कार्यक्रम प्रस्तुतलाई पनि जागिरबाट निकालेको छ । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट्स अ फ्लाप शो कार्यक्रमको पनि धेरै पहिलादेखि विरोध हुँदै आइरहेको थियो । तर यसरी उजुरी परेको थिएन ।