अछामको मंगलसैन नगरपालिका–७ घर भई भारतको पुनामा बस्दै आएकी एक किशोरीलाई श्रीमान् र ससुराले कु टपि ट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यस घ टना मंगलसेन नगरपालिका–३ लाछिमना घर भएका कालु भुलको परिवार पुनामै बस्दै आएको छ । घट नाबारे जिल्ला प्रहरी कार्यालय, अछामले पनि चासो देखाएको छ ।
उनका १६ वर्षे छोरा दिनेश भुल र पी डित किशोरीबीच प्रेम सम्बन्धपछि एक वर्षअघि बिहे भएको थियो । बिहेपछि दुवै जना भारत गएका थिए तर अनेक बहानामा किशोरीलाई यातना दिन थालिएको उनका आफन्तहरू बताउँछन् । भाइरल भएको भिडियो भने चो रीको आ रोपमा भएको कु ट पि टको हो । कालु भुलले बुहारीलाई कुटपिट गरेको भिडियो पी डितका श्रीमान्ले बनाएका थिए ।
कु ट पि टका क्रममा बालिकाले गु हार मागेपछि उनले मुखमा कपडा को चेर कु ट्न आग्रह गरेको सुनिन्छ । काम गर्ने घरमा मालिक्नीको लिपिस्टिक र घडी चो रेको आ रोपमा उनीमाथि कु टपि ट भएको हो । मालिक्नीलाई देखाउन कु टपि टको भिडियो खिचिएको ससुरा कालु बताउँछन् ।
मरणासन्न हुनेगरी कु टपिट गरेपछि बालिकालाई माइती पक्षको जिम्मा लगाइएको छ । उनी भारतमै रहेका काकासँग बस्दै आएकी छन् । साथै, माइती पक्षलाई एक लाख ५० हजार रुपैयाँ उपचार खर्च दिएको ससुरा कालु भुलले बताए ।
भिडियोबारे चासो देखाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापा भन्छन्, ‘घ टना भारतमा भएको हुँदा छानबिन गर्न सम स्या भएको छ ।’ तर पीडितका आफन्तहरूसँग समन्वय गरेर भारतमा घट ना भएको नजिकको प्रहरी कार्यालयमा उजु री दिन सल्लाह दिइएको बताएका छन् ।
उनले अघि भने, ‘हामीकहाँ निवेदन दिनुहुन्छ भने हामी प्रहरी विभागमा पठाउँछौं, तर प्रक्रिया लामो हुन्छ ।’ अछामकी महिला अधिकारकर्मी पशुपति कुँवरले किशोरीको उ द्धार गर्न र पी डकलाई स जाय दिलाउन भारतमा रहेका प्रवासी नेपाली संगठनहरूसँग छलफल भइरहेको बताइन् ।
उनले भनिन्, ‘कस्तो कानुनी बाटो अपनाउन सकिन्छ भनेर प्रहरी, कानुन व्यवसायी र अधिकारकर्मीहरूबीच छलफल भइरहेको छ ।’ यस घ टनाबारे प्रहरीले नियन्त्रणमा राखेकाे बताएकाे छ ।