बुधबार, पौष २३, २०७६ || 658  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२३
इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर करमानमा भागाभाग हुँदा कम्तीमा ५० जनाको मंगलबार मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ। उक्त घटनामा कम्तीमा १९० जना घाइते भएका छन्।‘दुर्भाग्यवश शवयात्राका क्रममा अत्यधिक भीड भई भागाभाग हुँदा कम्तीमा ५० नागरिकले ज्यान गुमाएका छन् भने १९० जना घाइते भएका छन्’, इरानको आपत्कालीन सेवा प्रमुख पिरहोसेन कुलिभन्डले भने। घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ। करमानका सडकहरूमा इरानका रिभोलुसनरी गाडर््सका प्रमुख कमान्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँ शुभचिन्तक उपस्थित थिए। करमान पुगेका इरानीहरू शहरमा नअटाएपछि नजिकका पहाडमा पुगेर भए पनि सुलेमानीप्रति अन्तिम सम्मान अर्पण गरेका थिए। इरानी जनताबीच गाडर््सको क्विद बलका कमान्डर रहेका सुलेमानी इराकको राजधानी बगदादस्थित विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएका थिए।तेहरानका साथै दक्षिण–पश्चिमी शहर अवाज, कुम र मशहादमा सुलेमानको मृत्युपछि शवयात्रा निकालिएको थियो भने मंगलबार अपराह्न केरमानमा इस्लाम धर्मअनुसार उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको थियो। शवयात्राका क्रममा भएको मानवीय क्षतिपछि अन्त्येष्टि कार्यक्रमसमेत तत्कालका लागि रोकिएको छ।
अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!