नेपाली चर्चित लोकप्रिय गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरी गरेको आ रोप लागेको छ । उनले हालै मात्र बजारमा ल्याएको नयाँ ‘बीच्च बीच्चमा २’ बोलको गीतमा आ रोप लागेको हो ।
बिहिबार युट्युबमा सार्वजनिक भएको यस गीतमा लोककवि अली मियाँको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतसँग मिल्न गएकाले चोरीको आ रोप लागेको बताइएको छ ।
‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतमा लोककवि अली मियाँ र हरिदेवी कोइरालाको स्वर रहेको छ । यसअघि पनि दुर्गेश ‘ह्याप्पी तिहार’ बोलको गीतबाट वि वादमा आएका थिए ।