मंगलबार, आषाढ २३, २०७७ || 659  पटक पढिएको

भारत र चीन बीचको सीमा विवाद केही मथ्थर हुने देखिएको छ । गल्वाल क्षेत्रको लाइन अफ कन्ट्रोलबाट दूवै देशका सैनिकहरु स्ट्याण्ड अफबाट पछि हटिरहेको भारतीय सञ्चार माध्यम द इन्डियन एक्सप्रसले उल्लेख गरेको छ ।

उक्त क्षेत्रको तीन विवादीत प्वाइनटबाट दूवै देशका शैनिकहरु पछि हटेको जनाइएको छ । सैन्य स्तरको वार्ताको पाँचौ दिन समाप्त भएपश्चात दूवै देशबीचका सैनिकहरु पछि हटेका हुन् । चरणवद्व रुपमा एक पछि अर्का स्ट्याण्ड अफ बाट आफ्ना सेना हटाउने सहमित पछि नतिजा साकारात्मक तर्फ उन्मुख भएको देखिन्छ । जूलाई ५ तारिखको दूवै देशले आफ्नो सेना पछि सारेको छ की छैन् भन्ने विषयमा निगरानी गरिने र पुष्टि समेत गरिने थियो । तर, उक्त निगरानी भने अहिलेसम्म भएको छैन् । जूलाई ७ तारिखको विवरण पेश गरिने छ ।

स्रोतको आधारमा भारतले दाबी गरिरहेका तीनवटा क्षेत्रबाट हिजो आइतबार साँझ देखि चीनले आफ्नो उपस्थितीलाई घटाएको विषयलाई इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । विगत तीन दिन देखिको गतिविधिलाई मध्येनजर गरियो भने उक्त क्षेत्रमा चीनले आफ्नो उपस्थिती घटाएकोे बुझिएको छ । गल्वान क्षेत्रमा केही दिन देखि मौसम अत्यधिक खराब रहेको कारण चीनले आफ्नो सेनाको उपस्थितीलाई कम गरेको समेत बुझिएको छ ।

दुवै तर्फबाट स्ट्याण्ड अफबाट हट्ने औपचारिक पुष्टि नभएको भारतीय अधिकारीले जनाएको छ । तनाव तत्काल कम भएपनि लामो समयसम्मका लागी विश्वस्त हुन नसक्ने जनाइएको छ । दूवै देशको शैनिलाई पछि सार्न १० दिनको समय दिइएको थियो । तीन देखि पाँच दिनको गतिविधिले तत्काल साकारात्मक देखिएको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!