बीरेन्द्रकुमार साह
हिपमत डटकम
बिराटनगर ,पौष २२ :नेपाल महेश्वरी परिषदको षष्टम सत्रको अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको छ। बिराटनगर स्थित जानकी सेवा सदनमा नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री माननीय मोतिलाल दुगडले दीप प्रज्वलन गरेर अधिवेशनको उदघाटन गर्नु भएको हो।

अतिथि संस्था महेश्वरी समाज बिराटनगरको आयोजनमा भएको उक्त अधिवेशनमा नेपालभरिका स्थानिय महेश्वरी संस्थाको पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो।
सार्क स्तरिय महेश्वरी महासभाका परिवेक्षक आसाम निवासी अशोक मालपानीको समेत अधिवेशनमा उपस्तिथि रहेको थियो। बिराटनगरमा सम्पन्न मारवाडी प्रीमियर लिंगमा बिजेता भएको महेश्वरी क्रीकेट टिमका खेलाडीहरुलाई सम्मान गरिएको थियो

अधिवेशनमा उपस्तिथि आगन्तुक अथितिहरुलाई अधिवेशनका स्वागत अध्यक्ष बेनि गोपाल मुन्दडाले स्वागत सम्मान गर्नु भएको हो। अधिवेशनका प्रमुख अथिती उधोग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडलाई हरियो बिरुवा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता महेश्वरी समाज बिराटनगरका अध्यक्ष नन्दकिशोर राठी(तिनपैनि)ले गर्नु भएको थियो। नेपाल महेश्वरी परिषदमा पहिलो चोटि यो ऐतिहासिक निर्वाचन भएको छ। निर्वाचन सम्बन्धि विशेष खबर खोली प्रकाश गरिने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!