मंगलबार, पौष २२, २०७६ || 1007  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२२

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाको ढोकैमा नेपाल विद्यार्थी संघ रिले अनसनमा छन्।नेविसंघको नेतृत्व चयन गर्दा विधान कार्यान्वयन हुनुपर्ने माग राखेर विद्यार्थीले २१ दिनदेखि पार्टी कार्यालय छाडेका छैनन्।अनसनरत विद्यार्थीका अनुसार रिले अनसनमा सभापति शेरबहादुर देउवाले खासै ध्यान दिएका छैनन्।सोमबारदेखि सुरू भएको जिल्ला सभापति भेलामा उपस्थित जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले भने अनसनमा ऐक्यवद्धता जनाएका छन्।बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडल, पार्टीका डडेलधुरा सभापति कर्ण मल्ल, नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीलगायतले पनि अनसनरत विद्यार्थीका मागबारे चासो देखाएका छन्।नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने विधान गत वर्ष कांग्रेसले पास गरेपछि २० भन्दा बढी जिल्लामा यही विधानअनुसार अधिवेशनहरू सकिएका छन्।११ महिनादेखि रिक्त केन्द्रीय समितिमा भने विधान मिचेर नेतृत्व ल्याउन खोजेपछि विद्यार्थीले रिले अनसन सुरू गरेका हुन्।विधान कार्यान्वयन नभएसम्म रिले अनसन नछाड्ने नेविसंघ नेता नवराज त्रिपाठीले बताए। ‘अनसनमा अरू नेताले ऐक्यवद्धता जनाए पनि सभापतिज्यूले अहिलेसम्म हामीसँग कुरा गर्नुभएको छैन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!