मंगलबार, पौष २२, २०७६ || 781  पटक पढिएको

हिपमत डटकम
पोखरा, पुस-२२

‘सांसदको काम सरकार बनाउने हो, पैसा बाँड्ने होइन।’ गण्डकी प्रदेश सरकारले पहिलो बजेट ल्याएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्ति हो यो।संघीय संसद र अन्य ६ वटै प्रदेश सरकारले सांसदलाई निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको नाममा बजेट उपलब्ध गराएका थिए। गण्डकी प्रदेशका सांसदलाई भने योजना ल्याउन आग्रह गर्दै बजेट विनियोजन भएन।दोस्रो बजेट ल्याउँदा गण्डकी प्रदेशका सांसदहरुले अन्य प्रदेश र संघीय सांसदलाई बजेट विनियोजन भएको उदाहरण दिँदै माग गरे। सांसदको माग प्रदेशले थेग्न सकेन, चालु आर्थिक वर्षको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि २/२ करोड बजेट छुट्यायो।गण्डकी प्रदेशको ११ वटा जिल्लामा रहेका ३६ वटा निर्वाचन क्षेत्रका लागि ७२ करोड रुपैयाँ यस्तो बजेट विनियोजन भएको छ। उक्त बजेट खर्च गर्न प्रत्येक निर्वाचन क्षेत्रका प्रत्यक्ष सांसद संयोजक, समानुपातिक सांसद सदस्य र जिल्लास्थित सिँचाई कार्यालय प्रमुख सदस्य सचिव रहने समिति मार्फत योजना छनौटदेखि कार्यान्वयन गर्ने गरी कार्यविधि बनेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!