मंगलबार, पौष २२, २०७६ || 960  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२२

नेपाली कांग्रेसको आन्तरिक कलह पछिल्लो समय गहिरिँदै गएको छ। सभापति शेरबहादुर देउवाले गरेका निर्णयको प्रतिरोध गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबारदेखि जिल्ला सभापतिहरूको भेला गरेका छन्।पार्टी कार्यालय सानेपामा ४५ जिल्लाका कांग्रेस सभापतिहरू देउवाले पछिल्लो समय गरेका निर्णयबारे  छलफल गर्दैछन्।महामन्त्री शशांक कोइराला पनि सहभागी भएको छलफलमा सभापतिहरूले पार्टी विधानअनुसार नचलेको बताएका छन्।

पुस ११ गते सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू मात्रै उपस्थित केन्द्रीय समिति बैठकले कार्यकाल एक वर्ष थप गर्ने, ०७७ फागुन ७ देखि १० सम्म १४ औं महाधिवेशन गर्ने, विभाग संख्या ४७ बनाउने र सदस्यतासम्बन्धी धारा १४ औं महाधिवेशनका निम्ति मात्रै निलम्बन गर्ने निर्णय गरेपछि कांग्रेसभित्र विवाद छ।साधारण सदस्य पाएको एक वर्षपछि मात्रै उपर्युक्त भएमा क्रियाशील सदस्यता दिन सकिने विधानको धारा निलम्बन गरेर पुस ११ मा जुनसुकै बेला पनि केन्द्रीय समितिले क्रियाशील सदस्यता वितरण गर्न सक्ने बनाइदिएपछि कांग्रेसमा विवाद उत्कर्षमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!