बलिउड अभिनेता सुशान्त सिंह राजपूतको घट नालाई लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ । हालै सुशान्तको मोबाइलको प्राथमिक फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टलाई आधार मान्दा सुशान्त आफ्नो फिल्म करिअर र पब्लिक इमेजलाई लिएर निकै तनावमा थिए । भारतीय मिडियाले सूत्रको हवाला दिँदै लेखेका छन् कि, सुशान्तले देह त्याग गर्नुभन्दा पहिले आफ्नै नाम सर्च गरेका थिए । त्यसपछि केही पेज खोलेर पढिसकेपछि बन्द गरिदिएका थिए । उनका नजिकका साथीले पनि प्रहरीलाई सुशान्त केही समयदेखि डिप्रे सनमा रहेको बताएका थिए । सुशान्तलाई लाग्ने गरेको थियो, केहीले आफ्नो इमेज र करिअर दुवै खराब गर्ने कोशिश गरिरहेका छन् । सामाजिक सञ्जालमा उनका बारेमा देखिएका खबरका बारेमा पनि सुशान्तले छलफल गर्ने गर्थे । उनले विकिपिडिया पनि चलाउने गरेको मिडियाले उल्लेख गरेका छन् । सुशान्तले ‘पानी’ फिल्ममा सुशान्तले अभिनय गर्ने भनिएको थियो । १ सय ५० करोड भारुमा बन्ने भनिएको यो फिल्म नबन्दै विवादमा आएको थियो । फिल्मको प्री प्रोडक्सन स्टेजमा झण्डै ५ करोड खर्च भएको थियो । पछि फिल्म बनेन । प्रहरीको अनुसन्धानमा देखिएको छ, सुशान्तलाई फिल्म ‘पीके’ का लागि ५ लाख अफर गरिएको थियो । तर, उनले राजकुमार हिरानीका कारण सो फिल्मबाट पारिश्रमिक लिएका थिएनन् । सुशान्तले गएको १४ जुनमा झु ण्डिएर देह त्याग गरेका थिए । उनको देह त्यागपछि बलिउडमा नेपोटिज्म र ग्रुपजिममाथि बहस भएको थियो । यो बहसले नेपाली फिल्म क्षेत्रलाई समेत प्रभावित पारेको थियो ।
यसै क्रममा उनीसँगै काम गरेर पहिलो पटक बलिउडमा डेव्यु गरेकी “दिल बेचरा” अभिनेत्री सन्जना संघीसँग पनि सोधपुछ गरेको छ । सुशान्तको नि धनसँगै उनी एकदमै डिस्टब बनेकोले पनि उनी मुम्बइ छाडेर आफ्नो घर फर्किएकी छिन् । उनले आफ्नो इन्टा स्टोरीमा एक तस्विर शेयर गर्दै आफु अब सायद मुम्बइ नफर्किने बताएकी छिन् ।
प्रहरीले दिल बेचरामा काम गर्दा उनी र सुशान्त बिच केहि समस्या भएको थियो कि भनेर पनि सोधेको थियो । तर उनले त्यस्तो केहि नभएको बताएको थिइन् । सुशान्तको नि धनपछि उनी रुदै लाइभमा आएको थिइन् ।