आइतबार, आषाढ २१, २०७७ || 1119  पटक पढिएको

पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिकामा मेयर र उपमेयरको ढोकामा हतियार प्रहार भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, गैंडाकोट नगर समन्वय समितिका अध्यक्ष ललितबहादुर गुरुङले बोलीचालीको भाषामा गैंची भनिने हतौडा प्रहार गरेका हुन् ।

पछिल्लोपटक नगरपालिका कार्यालयमा गरिएको तालाबन्दी आदिवासी जनजाति महासंघका प्रतिनिधि आएर फोडिदिएका हुन् । गुरुङ आफैंले औजारले हानेर दुवै कोठाको ताला फुटाइदिए ।

नगरवासीले नगरपालिका कार्यालयको सेवा सहज रुपमा पाउन् भन्ने आफूहरुको चाहना भएको बताउँदै अध्यक्ष ललितले भने, ‘मेयर, उपमेयरको कार्यकक्ष बन्द भएपछि उहाँहरुलाई भेट्न कहाँ जाने ? उहाँहरुको घर जाने ?’ उनले थपे, ‘तालाबन्दी गर्नेहरुलाई सम्वादबाट पनि खोल्न भन्यौं, विज्ञप्ति पनि जारी ग¥यौं तर उनीहरुले नमानेपछि फुटाउन हामी बाध्य भयौं ।’

नेवाः पुच, गैंडाकोटका उपाध्यक्ष समेत रहेका महासंघका सदस्य भोजराज श्रेष्ठले नगरपालिका कार्यालयमा यसरी तालाबन्दी गर्नु भनेको जनतामाथि अन्याय भएको बताए । फेरि पनि यस्तै भए जनजाति महासंघले अझ सशक्त प्रतिकार गर्ने अध्यक्ष ललितले बताएका छन् । जनजाति महासंघ सबै पार्टीका मान्छेको साझा संगठन भएकोले आफूहरुले कसैको पक्ष–विपक्ष नलिएको उनीहरु बताउँछन् ।

गैंडाकोट नगरपालिका कार्यालयमा कांग्रेस र कम्युनिष्टबीच पानी बाराबार जस्तै स्थिति रहिआएको छ । कांग्रेसीहरुले यसअघि पनि तालाबन्दी गरेका थिए । पछिल्लोपटक गत असार १० गते सातौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि १६ गते छलफल तथा धारणा राख्ने कार्यक्रम थियो । सो क्रममा आफूहरुले दिएको सुझावलाई नसमेटिकनै पारित गरेको भन्दै नगरसभाका असन्तुष्ट सदस्यहरुले नाराबाजी गर्दै मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

यसले आर्थिक वर्षको अन्त्यमा प्रशासनिक कामकाज नै ठप्प भएकोमा चर्काे विरोध भएपछि तालाबन्दी गर्नेहरुले बिहीबार प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कोठाको तालाचाहिँ खोलिदिए । तर मेयर र उपमेयरको भने पाँच दिन बितिसक्दा पनि नखोलेपछि आइतबार दिउँसो साढे १ बजेतिर फोडिएको हो ।

यस सम्बन्धमा मेयर छत्रराज पौडेलले जनताको काम रोकिएपछि जनताहरु नै आएर ताला फुटाइदिएको प्रतिक्रिया दिए । उपमेयर विष्णुकुमारी कंडेलले भने आफू अनुगमनमा गएको भन्दै फोनमा कुनै प्रतिक्रिया दिइनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!