कोरोना महामारीका कारण जारी लकडाउनका कारण बलिउड कलाकारहरु अनौठो सम स्यामा परेका छन् । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू अच्चममा परेका छन् ।

लकडाउनकै बेला काम बिजुली खपत भएको भन्दै दँग परेकी बलिउड अभिनेत्री तपसी पन्नुले यस्तो स मस्या भोग्नु परेको बताएकी थिइन् । आफ्नो बिजुली बिल ७ सय गुना बढी आएको भन्दै यी अभिनेत्रीले ट्विट गरेर जानकारी दिएकी थिइन् । त्यसपछि त्यहाँको बिद्युत कार्यालयले बिल सच्याएर उनलाई पहिलाकै हाराहारीको बिल बनाएर पठायो ।

अर्की अभिनेत्री हुमा कुरैशीले पनि यस्तै समस्या भोग्नु परेको बताएकी छिन् । अभिनेत्री हुमाका अनुसार उनको गत महिनासम्मा मासिक ५ हजार देखि ७ हजार रुपैयाँसम्म बिजुली बिल आउने गरेको थियो । तर यतीबेला आफूलाई एक महिनाकै ५० हजार रुपैयाँ बिल आएको हुमाले ट्विट गरेर जानकारी दिएकी छिन् ।

यी अभिनेत्रीले पनि एक ट्विट लेख्दै बिजुलीको बिल यसरी पछिल्लो महिना किन ८ सय प्रतिशत बढी आएको भन्दै प्रश्न उठाएकी छिन् । लकडाउनका कारण घरमा कुनै छायांकन पनि नभएको र त्यती धेरै पैसा उठ्ने गरी कुनै पनि प्रकारको बिजुली खपत हुने काम आफूले नगरेको बताएकी छिन् ।

यसलाई विधुत कार्यालयका कार्मचारीको लाप रवाही भएको जिकिर गर्दै चर्को बिलको उनले विरो ध गरेकी छिन् । अघिल्लो महिना मासिक ६ हजार रुपैयाँ बिल आएकेमा यसपटक कसरी ५० हजारको बिल आयो प्रस्ट पारियोस भन्दै हुमाले ट्विट मार्फत प्रतिप्रश्न गरेकी छिन् । बलिउड अभिनेता शाहरूख खानदेखि विभिन्न कलाकारहरूले यस अघि यसरी अनावश्यक चर्को रुपमा बिजुलीको बिल तिर्नु परेको भन्दै बिरोध गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!