जागौँ उठौ युवा साथी
देश लुटिएर सकिन आट्यो ।
हाछ्यु गरी पचाउन भनी ,
अर्बौ रकम सक्यो ।
राष्ट्रवादको खोल ओढी,
सत्र हजार नि मारे ।
नाना थरीका सन्धी गरी,
सुन्दर भूमी अरुलाई पारे ।
अझै पनि अन्ध्यारोमा छौँ हामी नेपाली,
बुझ्न गाह्रो नेताका क्रुर आनिबानी ।
रक्षक नै भक्षक भए पछि कसको के नै लाग्छ,
धर्यताको बाँध चुड्न नेपालीले,अझै कति अन्याय सह्नु पर्छ ।
नेपाली नै यहाँ को छ र,
सब फोरम,काङ्ग्रेस, वामे ।
एक थरीले विरोध गर्दा,
अर्काले अरिङ्गाल झै खाने ।
हामी युवा झोले झन्डे भई, अझै कति सम्म बस्ने?
लुट्ने ती हातहरूलाई कहिले सम्म छोड्ने ।
आन्दोलन सङ्घर्षमा बलिदान दिने जति युवा,
रातो कार्पेटमा हिड्नेले देश पार्न आटी सके स्वाहा ।
फोरे काङ्ग्रे वामे, जो नि मन्त्री भए,
बुझ्ने छैन हाम्रो पीर,जति सपोर्ट नि गरे ।
भविष्य छ हाम्रो हाम्रै हातमा, अब यो कुरा बुझौँ,
आश नगरौ पराइका अब, राष्ट्र निर्माणमा जुटौँ ।