केही दिनयता सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता भुवन केसीबीच आरोप-प्रत्यारोपको जुहारी चलिरहेको छ । उनीहरुको विवाद कलाकार संघसम्म पुगेको छ । साम्राज्ञीले आफूमाथि झुटो आरोप लगाएको भन्दै अभिनेता केसीले शुक्रवार संघमा उजुरी दिएका थिए । उनले पुनः यस प्रकारका गतिविधि गरे कानुनी बाटो रोज्ने चेतावनी समेत दिएका छन् ।

गएको हप्ता साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफूले अभिनय गरेका ८ चलचित्रमध्ये तीन चलचित्रको सेटमा निर्माता र निर्देशकबाट नराम्रो व्यवहार सहनु परेको बताएकी थिइन् । उनले आफूप्रति लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै अभिनेता केसीले फेसबुकमा स्टाटस लेख्दै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै ‘ड्रिम्स’ को नाम भजाएर खाइरहेको आरोप लगाए ।

उनको जवाफको प्रतिउत्तरमा साम्राज्ञीले इन्स्टामा अर्को भिडियो साझेदार गर्दै जापानमा भएको अवार्डमा आफूमाथि भुवन केसीले दुर्व्यवहार गरेको र भविष्यमा यस्ता व्यवहार भए कानुनी बाटो रोज्ने चेतावनी दिइन् । अभिनेता केसीले आफ्नो मान प्रतिष्ठामा आँच पुग्ने गरि पुनः यस्ता झुटा आरोप लगाए साइबर क्राइमको मुद्धा हाल्ने चेतावनी दिएपछि भने साम्राज्ञी मौन देखिएकी छन् ।

साम्राज्ञी र भुवनको विवादमा चलचित्रकर्मी र दर्शकहरु विभाजित देखिएका छन् । कतिले भुवन केसीको समर्थन गरेका छन् भने कतिले आफूमाथि भएको दुर्व्यवहारको विरुद्ध आवाज उठाउने हिम्मत गरेकोमा साम्राज्ञीको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनीहरुबीचको विवादलाई लक्षित गर्दै अभिनेता प्रदीप खड्काले हर कोही कुनै न कुनै रुपमा पीडित रहेको बताएका छन् । जो कोहीले शारीरिक या मानसिक रूपमा टुटेको अनुभव गरेको उनको भनाई छ । उनले इन्स्टा स्टोरीमा लेखेका छन्, ‘हामीमध्ये बढीजसो व्यक्तिले चिन्ता, नर्भस र तनावको विकास गरेका छौं । यदी तपाईं असामान्य महशुस गरिरहनु भएको छ भने आफ्ना नजिकका व्यक्तिलाई बताउनुहोला ।’ प्रदीप खड्काको यो कुराले साम्राज्ञीलाई उनले मौन समर्थन गरेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!