कक्षा ७ मा अध्ययनरत बाल गायक भट्टराईको दोस्रो गीत ‘बादलमा बुट्टा’ गीत यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
बाल गायक अग्रज भट्टराईको स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का बुबा मीन भट्टराइ र आमा जुनु भट्टराईका कोखबाट जन्मिएका अग्रज भट्टराई बहुप्रतिभाशाली बाल गायक हुन् । सानै उमेरदेखि संगीतमा रुची राख्ने अग्रज बहुप्रतिभाशाली साथै अध्ययनमा पनि उत्तिकै अब्बल छन् ।

उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गुरु क्षितिज कुलुङलाई मान्छन् ।
गायक अग्रजको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रकृतिसँग सम्बन्धित विभिन्न विषयमा बाल जिज्ञासा राखिएको छ । गीतमा कवि तथा गीतकार टंक भट्टराईको शब्द र प्राज्ञ तथा वरिष्ठ गायक शान्तिराम राईको संगीत रहेको छ ।
यसअघि समेत बाल गायक अग्रज भट्टराईको स्वरमा रहेको गीत ‘सबै भन्छन’ सार्वजनिक भएको थियो । ‘बादलमा बुट्टा’ गीत अग्रजको स्वर रहेको दोस्रो गीत हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!