आइतबार, आषाढ २१, २०७७ || 705  पटक पढिएको

बझाङमा शुक्रबार राति पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । केदारस्यूँ गाउँपालिका ८ मल्लेस गाउँमाथिबाट आएको पहिरोले ६ जनाको मृत्यु भएको हो । आफ्नै घरभित्र पुरिएको अवस्थामा ४० वर्षीय राममती जेठारा र उनका छोरा ११ वर्षका प्रयागराज जेठारा र ७ वर्षकी छोरी अस्मीता जेठाराको मृत्यु भएको झोता प्रहरीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक रायभान सिंहऐरिले जानकारी दिए ।

‘घटनास्थल दुर्गममा भएकाले शव निकाल्न समय लागेको हो’, उनले भने । ‘६ जनाको शव निकालेको छ भने बाँकी एकजनाको अझै निकाल्न सकेको छैन’, घटनास्थल झोता प्रहरी चौकीबाट ४ घण्टा पैदल दूरी पार गर्नुपर्छ । यस्तै, पहिरोमा परी ८० वर्षका दले जेठारा, सन्तु जेठारा र लक्ष्मी जेठाराको मृत्यु भएको छ । गिरिजा जेठाराको भने शव अझै भेटिएको छैन । उनीहरू सबैको शव घरमा च्यापिएको अवस्थामा प्रहरीले स्थानीयको सहयोगमा निकालेको हो । शुक्रबार राति अविरल वर्षासहित आएको पहिरोले उनीहरूको ज्यान लिएको हो । ‘राति पहिरो आएको हल्ला भएको थियो’, स्थानीय सुरेश जेठाराले भने । ‘गाउँका अधिकांस भागेर ज्यान जोगाउन सफल भए । उनीहरू भाग्न नसकेपछि मृत्यु भएको हो ।’

पहिरोमा परी २० घर पूर्णरूपमा क्षति पुगेको छ भने एक सय ५१ परिवार प्रभावित भएका छन् । गाउँलेको धनसम्पत्ति र पशुचौपाया पुरिएका छन् । गाउँमाथि सामुदायिक वनबाट पहिरो आएको हो । पहिरो गाउँ जानलाई खोला तर्नुपर्ने भएकाले समस्या भएको स्थानीयले बताएका छन् । पहिरोबाट अधिकांस परिवार विस्थापित भएका छन् । विस्थापित आफन्तको घरमा शरण बसेका छन् । पहिरोमा घटनामा क्षति भएका पीडित परिवारलाई राहत दिनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले वताइन् । शनिबार दिनभर शव व्यवस्थापन गर्नमै समय भएकाले क्षतिको विवरण आउन नसकेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । ‘पहिरोमा कतिको क्षति भएको विवरण आउन बाँकी छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!